काठमाडौ , बैशाख २३
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उहाको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उहाँ पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो । पूर्व शिक्षामन्त्री समेत रहनु भएका नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत हुनुहुन्थ्यो ।उहाको आइसियुमा उपचार भइरहेको थियो ।
२२ बैशाख २०८२, मङ्गलबार ०४:५१ मा प्रकाशित