काठमाडौं,कार्तिक २
आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन
आयोगले निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।
रिक्त नगरपालिकाका मेयर र उपमेयर
तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको चुनावका लागि सम्बन्धित पालिकाको
केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका
प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी वडाध्यक्षको मात्र चुनावका लागि
सम्बन्धित वडाको केन्द्र रहेको ठाउँमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको
कार्यालय रहनेछ ।
१ कार्तिक २०८१, शुक्रबार ०९:३६ मा प्रकाशित