काठमाडौं, वैशाख ८
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो ।
आज नै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सायद आजै उनको राजीनामा स्वीकृत हुने सम्भावना छ ।
७ बैशाख २०८२, सोमबार ०५:५३ मा प्रकाशित