काठमाडौं,मंसिर १२
पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
आज बुधवार भएको खेलमा नेपाल पाकिस्तानसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो । नेपालले दिएको १ सय १ रनको सामान्य लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रनको सामान्य योगफल तयार गरेको थियो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका थिए ।
पहिलो खेलमा नेपाल श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।
११ मङ्सिर २०८१, बुधबार ०६:२७ मा प्रकाशित