काठमाण्डौं, बैशाख २२
आज शनिबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै जलवायू विज्ञ धर्मराज उप्रेतीका अनुसार दुबई लगायत खाडी देश मा भारी वर्षा गराइरहेको वायू बिस्तारै अफगानिस्तान , पाकिस्तान हुँदै भारत सम्म पुगेको छ भने पश्चिमी वायु सुदुर पश्चिम सम्म पुगेको छ । सुदुर पश्चिम र कर्णाली का केही उत्तरी भाग मा आज र भोलि हल्का वर्षा हुने सम्भावना देखिन्छ भने अहिले को गर्मी मा भने कमि आउने र केही दिन तराइ भाग को लु को असर हट्ने सम्भावना पनि देखिन्छ । हावाहुरी को सम्भावना पनि देखिन्छ । आइतबारदेखि मङलवार सम्म भने देश भरी नै हल्का वर्षा को संभावना छ ।