काठमाडौ , साउन ७
तरंगिनी फाउन्डेसनले ललितपुरमा संचारकर्मी सङ अन्तरक्रिया गरेको छ । महिला अधिकार, लैंगिक समानता र सामाजिक न्यायका सवालमा सञ्चारकर्मीहरूको भूमिकाबारे महिला अधिकार परिक्षण केन्द्र तरंगिनी फाउन्डेसनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब २० जना पत्रकारहरूको सक्रिय उपस्थिति रहेको थियो।
तरंगिनी फाउन्डेसनकी संयोजक बबिता बरालले संस्थाले लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक न्यायका क्षेत्रमा गर्दै आएका गतिविधिहरूबारे विस्तृत जानकारी गराउनु भयो । साथै, महिलाको पहिचान, श्रमको सम्मान र महिलामाथि हुने विभेद तथा हिंसाको अन्त्यका लागि सञ्चारमाध्यमहरूबाट निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनका लागि अन्तर्कृया आयोजना गरिएको बरालले बताउनु भयो ।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले महिलासम्बन्धी विषयहरू उठाउँदा भोग्नुपरेका विविध चुनौतीहरूका अनुभव साटासाट गरेका थिए। सञ्चारमाध्यमहरू भित्रै लैंगिक संवेदनशीलताको कमीले गर्दा महिला मुद्दाहरूलाई प्राथमिकता दिन गाह्रो भएको अनुभव संचारकर्मिले सुनाएका छ्न ।
सञ्चारमाध्यम तथा नेतृत्व तहमा रहेका व्यक्तिहरू महिलाका सवालप्रति संवेदनशील नभएसम्म यस्ता विषयहरू मुख्यधारको समाचार सामग्री बन्न नसक्ने उनीहरूले बताए। कार्यक्रममा महिला मुद्दामा सञ्चारको प्रभावकारिता, संस्थागत संरचनामा रहेको लैंगिक असमानता र सशक्त पत्रकारिताका सम्भावनाहरूका विषयमा समेत गहन छलफल भएको छ । तरंगिनी फाउन्डेसनले विगत ८ बर्ष देखी नेपालमा विभिन्न भागमा लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएकाे छ ।