दक्षिण चीनमा आँधी 'रगासा' को प्रकोप, लाखौं विस्थापित

Jhalkonepal

काठमाडौं- दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा शक्तिशाली समुद्री आँधी 'रगासा' को कारण व्यापक क्षति भएको छ। सोमबार राति दक्षिण चीन सागर हुँदै आएको यो आँधी बुधबार ग्वाङ्डोङको तटीय क्षेत्रमा प्रवेश गर्दै भीषण हावा र वर्षा ल्याएको हो।

सरकारी तथ्यांक अनुसार करिब १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन्। ८० हजार माछा मार्ने डुंगा बन्दरगाहमा बाँधिएका, १२ हजारभन्दा बढी समुद्री कामदारलाई सुरक्षित राखिएको छ।

आँधीको प्रभाव हाइनान, ग्वाङ्सी, हङकङ र मकाउसम्म फैलिएको छ। कतै रेल सेवा, हवाई उडान र विद्यालयहरू बन्द, कतै पर्यटक स्थान खाली गराइएको छ।

चीनको मौसम विभागका अनुसार आँधीको तीव्रता क्रमशः घट्दै गएको र वर्षा पश्चिमतर्फ सर्ने अनुमान गरिएको छ। नागरिकलाई अनावश्यक यात्रा नगर्न र बाढी–पहिरोको सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया