नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको दोस्रो खेल भोली खेल्दै

Jhalkonepal

काठमाडौं,कार्तिक ३

नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी-२० सिरिजको दोस्रो खेल खेल्दै छ ।

नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।

सिरिजको पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेर अमेरिका टुरको सकारात्मक सुरुवात गरेको छ ।

सन्दीप लामिछाने पनि भिसा प्राप्त गरेर अमेरिका पुग्ने क्रममा रहेकाले यस खेलमा भने उपलब्ध हुने छैनन् ।

प्रतिक्रिया