काठमाडौं, मंशिर ५
स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै छ । बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आजै
उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले
नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ । आजै दिउँसो १ देखि ३ बजेसम्म
अन्तिम नामावली प्रकाशन हुनेछ ।
मंसिर १६
गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ
पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।
गाउँपालिका
र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा
३२३ जनाको उमेदवारी परेको छ ।
४ मङ्सिर २०८१, बुधबार ०८:४३ मा प्रकाशित