नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

Jhalkonepal

काठमाडाै , फागुन १६

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्थ्यो ।

सर्वाेच्च अदालतमा पुग्ने श्रेष्ठ दोस्रो महिला न्यायाधीश हुनुहुन्थ्यो । सर्वाेच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहनुभयो । उहाँ अधिकृतदेखि नै न्याय क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया