सुनको मूल्य घट्यो

Jhalkonepal

काठण्माडौ, सावन ८

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २ हजार ४ सय रूपैयाँले घटेको छ ।

 बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ।  


बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  


अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८१ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ। 

प्रतिक्रिया