नेकपा (एकीकृत समाजवादी) र वामदव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ।
शुक्रबार अध्यक्ष नेपाल र गौतमले पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए। पार्टी एकता भएको घोषणा साउन २ गते गर्ने सहमति भएको छ।
२६ असार २०८२, शुक्रबार ०१:०२ मा प्रकाशित