आज कोशी, वागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने: जल तथा मौसम विज्ञान विभाग

Jhalkonepal

काठमाडौँ,कार्तिक २०

आज कोशी, वागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर पश्‍चिमी र स्थानीय वायुका साथै भारत पश्‍चिम बंगालको आकाशमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।

सोही कारण आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।

 

प्रतिक्रिया