काठमाडाैं, साउन २८
शेयर बजारमा आज उच्च कारोबारको अर्काे रेकर्ड बनेको छ । अाज २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । शेयर बजारमा हिजाे भएकाे २५ अर्ब ७७ करोड रुपैयाँको काराेबारकाे रेकर्ड आज नै ताेडिएकाे हाे ।
आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् ।
हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन। आइतबार पनि नेप्सेमा एकैदिन २५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएर रेकर्ड बनेको थियो।
२७ साउन २०८१, सोमबार ०३:५५ मा प्रकाशित