काठमाडौं, कार्तिक १३
साफ महिला
च्याम्पियनसिप फुटबलको फाइनलका लागि बुधबार बिहान टिकट विक्री खुला गरिने भएको छ।
अनलाइनबाट भइरहेको टिकट
खरिद प्रक्रिया एन्फाले रद्द गरेको छ ।
आइतबार साँझ भएको
नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री
गरेको पाइएपछि अनलाइनबाट भइरहेको टिकट खरिद प्रक्रिया एन्फाले रद्द गरेको हो ।
अब बुधवार एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो । अखिल
नेपाल फुटबल संघ-एन्फाले बिहान ८ बजे जावलाखेल मैदान, भद्रकाली आर्मी गेट र
सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित तीन ठाउँमा टिकट बिक्री हुने जनाएको छ।
एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन्।
यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको
पैसा फिर्ता गरिने एन्फाले जनाएको छ।
नेपाल र भारतबीचको सेमिफाइनलमा खेलमा १५ हजार दर्शक क्षमताको
रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो। २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल
हेर्न नपाएको एन्फाले जनाएको छ।
१२ कार्तिक २०८१, मङ्गलबार ०४:४७ मा प्रकाशित