काठमाडौं , जेठ १३
भारतको गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको
मृत्यु भएको हो । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।को छ ।
आगलागी गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन
गतिविधिहरूको हब 'टीआरपी गेमिङ जोन' मा भएको गुजरात प्रहरीले जनाएको छ
। प्रहरीका अनुसार आगो निभाउने काम सकेर खोजी तथा राहत वितरणको काम भइरहेको छ ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति
दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत र घाइतेको उपचारमा ५०
हजार भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
१२ जेठ २०८१, आईतबार ०९:०२ मा प्रकाशित