आज बाट एसईई , पाँच लाखभन्दा धेरै परीक्षार्थी

Jhalkonepal

काठमाडौँ, चैत १५

 

आज बाट  यस वर्षको एसईईपरीक्षा सुरु हुँदै छ २०८० सालको एसईई पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागि हुँदैछन् राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने

 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ  । आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । 

देशभर दुईं हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक तथा सबैभन्दा बढी काठमाण्डौमा एक सय २७ वटा परीक्षा केन्द्र छन् । यसवर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

२०७६ देखि विद्यालय तह कक्षा १ देखि १२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्याङ्कनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो । 

 

प्रतिक्रिया