क्याप्टेन वेद उप्रेतीले गरे पाइलटको प्रेम सार्वजनिक

Jhalkonepal

काठमाण्डौं, फागुन ३

चर्चित पाइलट क्याप्टेन बेद उप्रेतीको नयाँ कृति पाइलटको प्रेम सार्वजनिक भएको छ । काठमाण्डौंमा आयोजित विमोचन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेयले उपान्यास पाइलटको प्रेमको विमोचन गर्नु भयो । आफ्नो उपान्यास पाइलटको प्रेममा लेखक बेद उप्रेतीले आफ्नो ३० बर्षे व्यवसायिक जिवनको भोगाईलाई चित्रण गरेको बताउनु भयो । उपान्यासका ९० प्रतिसत घटना सत्य घटनामा आधारित रहेको वहाँले बताउनु भयो । 

लेखक बेद उप्रेतीले विभिन्न माध्यमबाट सुदूरपश्चिमलाई राजधानी संग जोड्ने महान काम गरेको भन्दै बरिष्ट पत्रकार कुन्दा दिक्षितले प्रसंसा गर्नु भयो । कार्यक्रममा बोल्दै पर्पल फाउन्डेसनकी निलम शर्माले महिला पाइलटहरुको कथालाई पनि बाहिर ल्याउन आवश्यक भएको धारणा राख्नु भयो । 

क्याप्टेन बेद उप्रेतीले यसअघि पनि विभिन्न पुस्तकहरु प्रकासन गरिसक्नु भएको छ । उप्रेतीले केही वर्ष अघि सुुदूरपश्चिमको धनगढीमा र अहिले काठमाण्डौंको सिनामंगलमा उड्डयन संग्राहलयको स्थापना गरेका छन । 


प्रतिक्रिया