सर्वोच्च अदालत: विद्युत् प्राधिकरणका निर्देशक शाक्य र निवर्तमान घिसिङको रिट हेर्दाहेर्दैमा

Jhalkonepal

काठमाण्डाै , चैत १९

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि आज सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको सर्वोच्च प्रशासनले जनाएको छ ।

घिसिङ र शाक्यको रिटमा अस्ति आइतवार पनि पेशी तोकिएकाेमा हेर्न नमिल्नेमा परेको थियो । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा कार्यकारी निर्देशक शाक्य र निवर्तमान कार्यकारी निर्देशक घिसिङको रिट गएको बिहीवार दर्ता भएको हो ।

 

प्रतिक्रिया