तराईका केही स्थानमा हुस्सु र कुहिरो,उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

Jhalkonepal

काठमाण्डौ, पुस २

मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।  

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ। 

राति पनि देशभरको मौसम असामान्यता सफा रहने महाशाखाले जनाएको छ । 

आज काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । सोमबार पनि काठमाडौंको तापक्रम ४.८ डिग्री नै मापन भएको महाशाखाले जनाएको छ । 


प्रतिक्रिया