काठमाण्डाै, पुस २२
साताको दोस्रो
कारोबार दिन आज सोमबार सेयर बजार उच्च अंकले बढेको छ ।
आज नेप्से
परिसूचक ४९.१२ अंक बढेर २६४०.६८ अंकमा पुगेको हो ।
पछिल्ला ३ कारोबार दिनदेखि सामान्य बढेको नेप्से आज भने करिब २
प्रतिशत बढेर बन्द भएको हो ।
आज सेन्सेटिभ इण्डेक्स पनि ६.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८
अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात
आइतबार ४ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज भने ३१२ स्टकको
७५ हजार ५४० पटकको कारोबारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँबराबरको १ करोड
५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
२१ पुस २०८१, सोमबार ०३:५० मा प्रकाशित