काठमाडौं, पुस २३
तिब्बत केन्द्रबिन्दु
बनाएर गएको भुकम्पमा परेर ज्यान जानेहरूको संख्या ५३ पुगेको छ ।
आज तिब्बत केन्द्रबिन्दु बनाएर बिहान ६.५१ मिनट जाँदा ७.१
म्याग्नेच्युडको भुकम्प गएको थियो । उक्त भुकम्पको धक्का नेपाल, भारत, भुटान तथा बंगलादेश सम्म महसुस
भएको हो ।
चिनियाँ
सरकारी समाचार एजेन्सी सिन्ह्वालाई साभार गरेर बनाइएका विभिन्न समाचार अनुसार
मृत्यु पुष्टि हुनेहरूको संख्या ५३ पुगेको छ ।
सबै मृत्यु संख्या तिब्बतकै हो । चीनले भूकम्प
प्रभावित क्षेत्रहरूमा १५०० उद्धारक, ड्रोन
तथा हवाई सेना परिचालन गरेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।
यद्यपि, नेपालमा भने धेरै क्षती नभएता पनि नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर
डेढ तले घरबाट हाम फाल्दा
खुट्टामा चोट लागेको छ । ती व्यक्तिको हाल अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, आजै बारामा
भूकम्पका कारण आत्तिएर ११ जना विद्यार्थी बेहोस भएका थिए । तर, उनीहरूको अवस्था भने अहिले
सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भूकम्पबाट केही भौतिक क्षति भएको सामान्य विवरण प्राप्त
भएको छ । प्रहरीका अनुसार सिधुपाल्चोकको एक
प्रहरी चौकीको भित्ता भत्किएको छ भने रामेछाप र ओखलढुंगामा १/१ वटा गोठको भित्ता भत्किएको छ ।
यस्तै सोलुखुम्बुमा ढुंगा माटोको दुई घर चर्किएका छन् ।
नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन कार्य जारी रहेको
जानकारी दिएको छ ।
२२ पुस २०८१, मङ्गलबार १२:३३ मा प्रकाशित