माइतीघरबाट फर्किएकी महिलालाइ खोलाले बगाउँदा बेपत्ता

Jhalkonepal

कैलाली, साउन ६

खोलाले बगाउँदा कैलालीमा एक महिला बेपत्ता भएकी छन् ।

माइतीघरबाट घर फर्किएकी मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बमलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पण्डौनको अनुसार सुपली खोला तर्ने क्रममा उनलाई  ठूलीगाडबाट बेपत्ता पारेको छ। बेपत्ता बमको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

प्रतिक्रिया