काठमाडौं, भदाै २
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परेको छ
। मौसम पूर्वानुमान् महाशाखाका अनुसार गोरखाको आरुघाटमा रहेको मापन केन्द्रमा ६
घण्टामै १ सय ८ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै नुवाकोट, दैलेख, रोल्पा, दाङ, कपिलवस्तु, पाल्पा, पर्सा लगायतका जिल्लामा पनि
अति ठूलो पानी परेको छ ।
पछिल्लो एक घण्टामा भने बागमती
प्रदेशमा वर्षा कम भएर गण्डकी, लुम्बिनी हुँदै पश्चिम तराईमा पानी परिरहेको छ । ठूलो पानी
परेसँगै विभिन्न नदी तथा खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाले सूचना निकालेर काठमाण्डौ
उपत्यकाका नदीसहित दैलेख, प्यूठान, कपिलवस्तु, गोरखा, पाल्पा, सिन्धुपाल्चोकका जिल्लामा
रहेका साना तथा ठूला नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।
१ भदौ २०८१, आईतबार ०७:२१ मा प्रकाशित