योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी, सुरक्षाका लागि शौचालयमा राखियो

Jhalkonepal

काठमाण्डौं, बैशाख ६

नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई ताप्लेजुंगमा सुरक्षाको लागि प्रहरीले शौचालयमा राख्नु पर्यो । ताप्लेजुंगमा घेरा होर उनी विरूद्ध नाराबाजी भएपछि सुरक्षाको लागि प्रहरीले शौचालयमा बन्द गर्नु परेको थियो । 

कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए। कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए। उनी शौचालय भित्र छिर्ने बित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराई विरूद्ध नाराबाजी गरेका थिए। लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए। कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध नो केबलकार समूहु र पहिचानवादी समूहुले नाराबाजी गरेका थिए।

प्रतिक्रिया