काठमाडौं, माघ २७
संघिय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नेछन्।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ।
यसैगरी आज संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दै छ। बिहान ९ बजे पूर्वाधार विकास समितिको सभाकक्षमा .बैठक बस्न लागेको हो।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।