गिरिबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकारले सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप : प्रचण्ड

Jhalkonepal

काठमाडौँ , मंसिर २५

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन्।

आज मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको दाबी गरेका हुन्। उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए। उनले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्नेमा जोड दिए। उनले भने, ‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो। र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ। र अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ।’ अध्यक्ष दाहालले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाए।

प्रतिक्रिया