काठमाडौं, मंशिर २
चीनको वुशी
सहरको एक कलेजमा चक्कु प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका
छन् । स्थानीय समय अनुसार
साँझ ६:३० बजे उक्सीको यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स भोकेशनल एण्ड ट्रेनिङ कलेजमा
उक्त घटना भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी २१ वर्षीय पुरुषको थर शु रहेको खुलेको छ । उक्त व्यक्ति यही कलेजमा पढ्थे र उनको परीक्षाको नतिजा खराब आएपछि कलेजले
उनलाई डिप्लोमा दिन अस्वीकार गरेको बताइएको छ । साथै, इन्टर्नसिपको पैसा कम पाएकोले पनि उनी आक्रोशित थिए
। सुले आक्रमण गरेको स्वीकार गरेका छन् ।
१ मङ्सिर २०८१, आईतबार ०५:०८ मा प्रकाशित