बौद्ध धर्मावलम्बीको ‘गुँला पर्व’ शुरु

Jhalkonepal

काठमाण्डौ, सावन ९

बौद्ध धर्मावलम्बीहरुको प्राचिन पर्व गुँला पर्व आज देखि शुरु भएको छ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म  ‘गुँला पर्व’ मनाईन्छ ।  विशेष गरि काठमाडौं उपत्यकामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीले एक महिनासम्म ‘गुँला पर्व’ मनाउछन । 

बर्षभरिमा दिवंगत भएकाहरुको वैकुण्ठमा बास परोस् भन्ने कामना गर्दै यो पर्व मनाइन्छ । यो पर्वमा आफन्तहरुले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ।

गुँला धर्म नेपाल मण्डलमा मनाइने प्राचीन पर्व मानिन्छ भने यसलाई विशुद्ध नेवास् पर्व मानिन्छ। 

इतिहासकारहरुको भनाई अनुसार गुँ भनेको नेपालभाषामा डाँडा हो, र ला भनेको महिना हो। यस समयमा भारी वर्षाका कारण बाढी, पहिरो आउने भएकोले त्यसो नहोस् भनी प्रकृतिको पूजा गरिने भएकोले गुँला भनिएको बताउँछन्।

यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ।


प्रतिक्रिया