काठमाण्डौ, असोज २१
यस वर्ष ‘कर्मशील युवा : समुन्नत
शहर’नाराका साथ विश्व बसोबास दिवस मनाइँदैछ । दिगो शहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि
उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न शुरू गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ
। सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमवार संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास
कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने
सन् २००१ देखि सरकारी एवम् गैरसरकारी क्षेत्रबाट यो दिवस
मनाउन शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
यस वर्ष ‘कर्मशील युवा : समुन्नत
शहर’नाराका साथ विश्व बसोबास दिवस मनाइँदैछ । यस वर्षको नाराले समुन्नत शहर
निर्माणमा कर्मशील युवा वर्गलाई जागरुक बनाउने उदेश्य लिएको छ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसङ्ख्या ६६
दशमलव १७ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक
प्रतिशत रहेको विभागले जनाएको छ ।