महिला यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

Jhalkonepal

काठमाडौँ, मंसिर २४

 पुजा महतोको नेतृत्वमा क्यानले महिला यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार महिला यू–१९ टिमको घोषणा गरेको हो।

 आगामी १५ देखि २२ डिसेम्बरसम्म मलेसियामा हुन लागेको एसीसी यू–१९ का लागि १५ सदस्यीय टिमको घोषणा गरेको हो।

यसअघि क्वालिफायरमा खेलेकी मनिषा उपाध्यायको ठाउँमा क्यानले अनु कडायतलाई टिममा ल्याएको छ।

एसिया कप प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेसिया र नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। समूह ‘बी’ मा नेपालसँग भारत र पाकिस्तान रहेका छन्। नेपालले डिसेम्बर १६ मा पाकिस्तान र १७ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन्।

यस्तो छ नेपाली टोली :- पुजा महतो (कप्तान) सोनी पाख्रिन (उपकप्तान), साना परवीन, ज्योतसनिका मरासिनी, कुसुम गोदार, अलिसाकुमारी यादव, सावित्री धामी, करिशमा गुरुङ, तृष्णा बीके, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा मिश्रा र अनु कडायत।

प्रतिक्रिया