काठमाडौं,माघ १७
आजबाट काठमाण्डौको भृकुटीमण्डपमा आठौँ चरनको‘चेम्बर एक्स्पो २०२५’ को सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको सफ्टवेयर एण्ड प्रोजेक्ट सहितको उक्त एक्स्पो माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका आयोजना गरिएको यो एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटनका क्रममा सफलताको शुभकामना दिँदै ओलीले अबको युग एआईको रहेको बताए ।‘एआईले दिनप्रति दिन फड्को मारेको अवस्था छ, यसबाट लाभ कसरी लिन सकिन्छ, त्यता हरेर लाग्नु पर्ने, देशबाट आईटी निर्यातको सम्भावना रहेकाले सरकार ध्यान यतातर्फ पनि छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आयात गरेर सामान बिक्री गर्दैन व्यापार नहुँने बताउँदै उत्पादनलाई बढाएर सामान निर्यातको बाटो अब हेर्नु पर्ने पनि बताए । यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री पृथ्वी सुब्बा गुरुङको पनि उपस्थिति रहेको थियो ।उनले देशमा आईटी साथै एआई सम्बन्धी ऐन, कानुन तर्जुमा लागेको जानकारी दिए ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा रहेको आयोजक टिमले बताएको छ ।