काठमाडौं, वैशाख २४
आज विभिन्न कार्यक्रम गरी ‘१० औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।
२३ बैशाख २०८२, बुधबार ०५:५८ मा प्रकाशित