सुदूरपश्चिमका सरकारी अस्पतालमा अब देखि निशुल्क रगत पाइने

Jhalkonepal

धनगढी, पौष २१

मुख्यमन्त्रीको पदभार ग्रहण पछि गरेको पहिलो निर्णय अनुरुप सुदूरपस्चिम सरकारले  सुदूरपश्चिम प्रदेश भित्रका सबै सरकारी अस्पतालहरूमा नि:शुल्क रक्त सेवाको शुभारम्भ गरेको छ। 

मुख्यमन्त्री कमलबहादुर शाहले नि:शुल्क रक्त सेवा शुभारम्भ गरि कार्यक्रम लागू गरेका हुन्।

सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्तलाई कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कमलबहादुर शाह र विशिष्ट अतिथि सामाजिक विकासमन्त्री मेघराज खड्काले रगत हस्तान्तण गरी आजबाट सबै जिल्लामा नि:शुल्क रक्त सेवा प्रदान हुने कार्यक्रमको समुद्घाटन गरेका हुन।

निशुल्क रगत पाउने भएपछी बिमारिहरुलाई सजिलो हुनेछ ।

प्रतिक्रिया