मन्त्री गुप्तालाई हटाउने तयारी

Jhalkonepal

काठमाण्डौं, असार ३१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ। घुस डिलसम्बन्धी अडिओमा मुछिएका मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए। प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार मन्त्री गुप्तालाई आज हटाउने तयारी छ। मन्त्री गुप्ताले पदबाट आफै राजीनामा दिन सक्ने वा नदिए बर्खास्त गरिने तयारी रहेको छ।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेन सम्बन्धी डिल गरेको अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भइरहेको छ।मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका छन्।

गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्।


प्रतिक्रिया