काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन्। मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा दिएका हुन्।
उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।
साथै उनी आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। उनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ।
साथै उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार पनि छन्।
४ माघ २०८२, आईतबार ०५:१६ मा प्रकाशित