काठमाण्डौ, फागुन १६
सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । यी
प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागका थोरै ठाउँमा पनि
हल्का वर्षा भइरहेको छ ।
पछिल्लो १२ घण्टामा बैतडीमा सबैभन्दा धेरै २० दशमलव ६
मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरा, डोटी, डडेलधुरालगायतका
जिल्लामा पनि वर्षा भएको छ ।
महाशाखाका
अनुसार काठमाण्डौ उपत्यकासहित देशभर अहिले बादल लागेको छ । दिउँसो पछि
काठमाण्डौमा पनि पानी पर्ने सम्भावना छ । तर पश्चिममा भन्दा कम पानी पर्ने महाशाखाको
भनाइ छ ।
यसले
मधेशबाहेकका अरु ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य मात्र असर पर्ने मौसमविदले
बताएका छन् ।
१५ फाल्गुण २०८१, शुक्रबार ०९:१४ मा प्रकाशित