बरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष निर्वाचित

Jhalkonepal

काठमाण्डौं, असार ३२

प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ ।

अफ्रिकी मुलुक ताञ्जानियामा सम्पन्न काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुनुहुन्छ ।

काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ  नेतृत्व चयन भएको हो । यधपी चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो ।

विश्व प्रेस काउन्सिलको अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस), अर्नेस्ट साम्सोन सुङ्गुरा (तान्जानिय) महासचिव र  अताबारुत (टर्की) कोषाध्यक्षमा चयन भएका छन । 

प्रतिक्रिया