काठमाण्डौं, कार्तिक ४
सहकारी
ठगी र संगठित अपराध
कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा
राखेर अनुसन्धान गर्न जिल्ला अदालत
कास्कीले अनुमति दिएको छ।
संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो। हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो।
गत शुक्रबार पक्राउ परेका सभापति लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको हो ।