पार्टी खोल्ने तयारीमा भीम रावल

Jhalkonepal

धनगढी, पौष १५

एमालेबाट निष्कासित नेकपा एमालेका पुर्व नेता भीम रावल नयाँ पार्टि घोषणा गर्ने निर्णयमा पुगेका छन । अब के गर्ने भन्ने विषयमा जानकारी गराउन रावलले प्रेसमिट गर्ने भएका छन्।

रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्। आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले बताए। नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरेर पार्टीबाटै निष्कासन गरेपछि नयाँ पार्टी खोल्ने की नखोल्ने भन्ने विषयमा पनि उनले प्रेसमिटबाटै जानकारी गराउने भएका छन्।


नयाँ पार्टी निर्माणको छलफलमा जुटेका रावलले अन्य पार्टिमा विद्रोह गरेको नेताहरुसंग राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस ९बीपी०का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् भने

जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।


उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।


प्रतिक्रिया