मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते

Jhalkonepal

काठमाण्डौ , कार्तिक २१

मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते भएका छन् ।

काठमाण्डौबाट महोत्तरीको लागि छुटेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस आज  बिहान मकवानपुरमा पल्टिँदा ३५ जना घाइते भएका हुन् ।

बिहान ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७ समिडाँडामा बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया