प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’

Jhalkonepal

काठमाण्डौ, फागुन ११

गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय पुगेका संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधीकारीसँगको भेटमा प्रतिवद्धता गरे अनुसार जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्न पहल भएको छ । 

गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी कामकारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए ।

उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिए ।‘दलित समुदायका व्यक्तिहरूको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कूरीतिका रूपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्‍याउन परिपत्र गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न आदेश दिएको उनले बताए 


प्रतिक्रिया