काठमाडौँ, भदौ २८
सर्वोच्च अदालतका प्रधानन्यायाधीश
सिफारिस गर्न शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संबैधानिक
परिषद्को बैठक निर्णयमा पुग्न सकेन । अब अर्को बैठक सोमबार बस्ने निर्णय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक
परिषद् बैठकमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज
घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल
र उपसभामुख इन्दिरा राना मगर सहभागी थिए ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर
हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् ।
संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा
नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।
नयाँ
प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची
संवैधानिक परिषदमा पठाइसकेको छ ।
जसमा
न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी
रहेका छन् । सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम
सिफारिस हुने सम्भावना छ ।