काठमाडौं, पुस २३
विहानै भूकम्पको धक्का गएको छ ।बिहान ६ बजेर ५१ मिनेटमा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्रमा केन्द्रविन्दु भएर ७.१ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ। भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
तिब्बतमा
केन्द्रविन्दु भए पनि यसको धक्का नेपालसँगै चीन, भारत र भूटानसम्म महसूस
गरिएको छ ।
२२ पुस २०८१, मङ्गलबार ०७:१५ मा प्रकाशित