जेन–जी आन्दोलनका क्रममा घाइतेहरूलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार

Jhalkonepal

काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)ले जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा अस्पतालले मानवीय सहानुभूति र चिकित्सकीय जिम्मेवारीका आधारमा यस्तो निर्णय गरिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, 'हाल देशमा उत्पन्न मानवीय संकटलाई दृष्टिगत गर्दै हाम्रो अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय लिएको छ।'

काठमाडौं उपत्यकामा जारी आन्दोलनमा गोली लागेर र लाठीचार्जबाट घाइते भएका धेरैजसो प्रदर्शनकारीहरूलाई अहिले सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरूमा राखिएको छ। तर ती अस्पतालहरूमा बेडको अभाव देखिन थालेपछि वैकल्पिक उपचारस्थलको खाँचो बढ्दै गएको छ।

अस्पतालले घाइतेको सहज पहिचान र तत्काल सेवा सुनिश्चित गर्नका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको पनि जानकारी दिएको छ।

प्रतिक्रिया