काठमाण्डौ, पुस २६
हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरुमा हुस्सु
लागेको अवस्था छ ।
आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश
प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै
बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा आज
आंशिक बदली रहने सम्भावना रहेको छ ।
त्यसैगरी आज लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना
रहेको छ भने कर्णाली प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको
छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।