काठमाडौँ , कार्तिक १२
न्यायपरिषद्ले
आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन
अधिकृतहरूको सिफारिस गरेको छ ।
परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन
अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । परिषद्ले नयाँ गठन भएको
उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा
र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ । जिल्ला अदालतका
न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा
निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।
११ कार्तिक २०८१, सोमबार ०७:२७ मा प्रकाशित