कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

Jhalkonepal

काठमाण्डौ, कार्तिक २७

कतार एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ ।  मंगलबारदेखि ३० गतेसम्म १९ वटा उडान गर्ने गरी कतार एयरवेजले अनुमति पाएको विमानस्थलले जनाएको छ । 

विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले मंगलबारदेखि कतार एयरवेजले हप्तामा सातै दिन दोहा–भैरहवा–काठमाडौं-दोहा उडान गर्ने बताए ।

योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फलाई दुबई र थाइ एयर एशियाले उडान थालिसकेका छन् ।

प्रतिक्रिया