काठमाडौँ , कार्तिक ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा
वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत्
प्रदर्शन गर्ने जानकारी दिएको हो । सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा
प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको
स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी
दिए ।
१० कार्तिक २०८१, आईतबार ०७:२८ मा प्रकाशित