काठमाडौँ ,कार्तिक ८
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जना मन्त्रीको विदेश
भ्रमण स्विकृत र सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । कृषि मन्त्री रामनाथ
अधिकारी र महिला मन्त्री नवलकिशोर साह सुडीको कतार र कोलम्बिया भ्रमणको स्वीकृति
दिएको हो ।
त्यस्तै संघीय मामिला मन्त्रालयको प्रस्तावमा दुई कर्मचारीको
राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सेनाका अधिकृतको पदोन्नति पनि
गरेको छ ।
७ कार्तिक २०८१, बिहिबार ०८:४२ मा प्रकाशित